मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुन दिन इनमको मोबाइलको लोकेशन ललितपुरको ज्वागलमा देखायो, बालेन सल्लाहकारको कुर्सीमाथि अशोभनीय पात्र !

bishowkhabar.com · Mon Nov 16 04:44:02 UTC 2026

काठमाडौ – फरेन्सिक परीक्षण रिपोर्ट अनुसार अक्टोबर २ को रात सवा ९ बजेतिर इनाम सापकोटाको बरामद मोबाइलको लोकेसन २७.६८४९२२ डिग्री उत्तरी अक्षांश र ८५.३२१२९३ डिग्री पूर्वी देशान्तरमा देखिएको थियो। यो लोकेसनलाई गुगल म्यापमा हेर्दा ललितपुरको ज्वागल गणेश मन्दिर नजिकको ठाउँ देखायो। उच्च प्रहरी स्रोतका अनुसार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निजी निवास त्यही ठाउँमा छ।

इनम सापकोटाको फोन प्रहरीसँग नभएको त्यही अवधिमा ह्वाट्सएप र फेसबुक चलाइएको र मोबाइलमा रहेका विभिन्न सामग्रीका स्क्रिनसट लिइएको फरेन्सिक परीक्षणमा देखिएको छ। मोबाइलमा रहेका केही मेसेज मेटिएको पनि पाइएको छ। तीमध्ये केही मेसेज सापकोटा र बेनबीच आदानप्रदान भएका थिए भन्ने स्रोतको दाबी छ

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)