मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठूलो परिमाणको खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

annapurnapost.com · Tue Nov 17 02:34:01 UTC 2026

काठमाडौं : मोरङको रंगेलीमा ठूलो परिमाणको खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरस्थित सीमा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित सोमबार साँझ एकै परिवारका तीन भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई साेमबार साँझ ७: ५० बजे पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्ने क्रममा २९ ग्राम ४८० मिलिग्राम तौलको लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)