मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको १ करोड ६७ लाख नगदसहित तीन जना पक्राउ

annapurnapost.com · Tue Nov 17 14:16:57 UTC 2026

काठमाडौ : प्रहरीले ललितपुरबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको छ।

ललितपुरको एकान्तकुना क्षेत्रमा नेपाल राष्ट्र बैंकको आदेश तथा निर्देशनविपरीत गैरकानूनी रूपमा स्रोत नखुलेको रकम ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। ललितपुर महानगरपालिका–४, नख्खु दोबाटो चोकमा सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको मिनी कन्टेनर गाडीलाई रोकी खानतलासी गर्दा उक्त परिणामको नेपाली नगद बरामद भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)