त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
rajdhanidaily.com · Wed Nov 18 06:20:42 UTC 2026

काठमाडौं । भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका एक चिनियाँ नागरिकलाई नेपाल प्रहरीले झण्डै दुई किलो सुनसहित पक्राउ गरेको छ ।
हङकङबाट नेपाल वायुसेवा निगमको उडान नं. आरए४१०मार्फत त्रिभुवन विमानस्थल अवतरण भएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई प्रहरीले एक किलो ८०३.७७ ग्राम सुनसहित पक्राउ गरेको हो । उनलाई बुधबार बिहान १ बजेर २५ मिनेट जाँदा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)