विमानस्थल सुन तस्करीको अनवरत ट्रान्जिट- प्रहरी पक्राउ गर्छ, तस्कर रोकिँदैनन्
lokaantar.com · Wed Nov 18 11:33:33 UTC 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीका लागि अनवरत ट्रान्जिटका रूपमा प्रयोग हुँदै आएको छ । प्रहरी र भन्सार कार्यालयले धमाधम सुनसहित तस्कर (भरिया/कारोबारी) पक्राउ गरिरहँदा पनि तस्करी भने नरोकिएको प्रहरीकै तथ्यांकले पुष्टि गर्छ ।
३३ किलो सुन तस्करी प्रकरणमा मोरङका चुडामणि उप्रेती ‘गोरे’ समूहले प्रहरी–भन्सारका कर्मचारीकै सहयोगमा अवैध जालो बिछ्याएको तथ्य बाहिरिएको एक दशकसम्म पनि सुन तस्करी भने रोकिएको छैन । गोरे समूहको सुन कारोबारको अवैध जालोबारे २०७४ फागुनमा खुलासा भएको थियो । त्यसपछि पनि विमानस्थल भएर निरन्तर सुन तस्करी भइरहेको घटनामा सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)