लागुऔषध, पेस्तोलका गोली र इन्जेक्सनसहित २ युवक पक्राउ
kendrabindu.com · Thu Nov 19 01:12:33 UTC 2026

सर्लाही । लागुऔषध, पेस्तोलको गोली र इन्जेक्सनसहित सर्लाही प्रहरीले दुई जना भारतीय युवकलाई पक्राउ गरेको छ। मलंगवा नगरपालिका–८ स्थित प्रहरी चौकी गोरखकाली अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको सीतामढी, सिरोली पञ्चायत–२ बस्ने २६ वर्षीय गोविन्द कुमार सिंह र सीतामढी, सिरोली पञ्चायत–२ बस्ने २१ वर्षीय अरुण सहनी छन्। उनीहरु सवार बीआर ३० एएच ६८०१ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)