मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसिया श्रमिक ठगी प्रकरणस् पूर्व मुख्य सचिव अर्यालविरूद्ध पक्राउ पुर्जी

kalakarmi.com · Thu Nov 19 10:12:15 UTC 2026

काठमाडौं– मलेसिया जाने नेपाली कामदारमाथि भएको आर्थिक ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पूर्वमुख्य सचिव एकनारायण अर्यालविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएसँगै उनी हाल सम्पर्कविहीन भएका छन् ।

प्रहरीका अनुसार मलेसिया सरकारसँग भएको द्विपक्षीय सम्झौताविपरीत श्रमिकहरूसँग अवैध रूपमा रकम असुल गरी ठगी गरेको आरोपमा यसअघि नै बुधवार दुई पूर्व मन्त्रीसहित छ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेहरूमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय अछामका ६० वर्षीय शेरबहादुर कुँवर तथा सर्लाहीका ६१ वर्षीय रामेश्वर राय यादव रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)