श्रमिकको पसिनामा पौने दुई अर्बको खेल : कैलाश खड्कादेखि पूर्वमुख्यसचिवसम्म कसरी पुग्यो अनुसन्धान ?
bishowkhabar.com · Thu Nov 19 14:46:21 UTC 2026

सात लाख ५० हजारभन्दा बढी श्रमिकबाट अतिरिक्त शुल्क असुली भएको प्रहरीको दाबी, १७ पटकमा १ अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाइयो, दुई पूर्वश्रममन्त्री र ६ उच्च अधिकारी पक्राउ, पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी । परीक्षणका लागि दिइएको बायोमेट्रिक प्रणाली कसरी वर्षौंसम्म चल्यो? ३६ स्वास्थ्य संस्थाको छानबिन प्रतिवेदन किन हरायो ?
काठमाडौं । विदेशमा रोजगारी गरेर परिवारको भविष्य बनाउने सपना बोकेर मलेसिया जाने नेपाली युवायुवतीले आफ्नो कमाइको ठूलो हिस्सा विदेश जानुअघि नै बुझाउनुपर्ने बाध्यता भोग्दै आएका छन् । स्वास्थ्य परीक्षण, बायोमेट्रिक, मेडिकल स्क्रिनिङ र विभिन्न सेवा शुल्कका नाममा उनीहरूको खल्तीबाट वर्षौंदेखि अतिरिक्त रकम असुलिएको आरोप अहिले नेपालको श्रम प्रशासनकै इतिहासमा ठूलो अनुसन्धानको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)