मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अछाममा एक महिनामा १३ अपराधका घटना दर्ता, २२ प्रतिवादी पक्राउ

gorkhapatraonline.com · Fri Nov 20 03:13:40 UTC 2026

जिल्ला प्रहरी कार्यालय अछामले कात्तिक महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको विवरणअनुसार कात्तिक महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ १३ वटा घटना दर्ता भएका छन् ।

दर्ता भएका घटनामध्ये ज्यानसम्बन्धी तीन, आत्महत्यासम्बन्धी एक, सङ्गठित तथा आर्थिक अपराध एक, सामाजिक अपराध चार र महिला तथा बालबालिकासम्बन्धी चार घटना रहेका छन् । त्यस्तै, जघन्य तथा गम्भीर अपराधअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी चार र जुवाताससम्बन्धी एक घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)