सार्वजनिक यातायातमा एके–४७ को विज्ञापन: यात्रुको ध्यान तान्ने कि त्रास फैलाउने ?
clickmandu.com · Fri Nov 27 06:32:24 UTC 2026

काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुको नजर झ्यालबाहिरका दृश्य, सडकको चहलपहल र सवारीभित्र राखिएका विभिन्न विज्ञापनमा पर्नु स्वाभाविक हो । व्यापारिक प्रचारका लागि बस तथा अन्य सार्वजनिक सवारीसाधनमा विज्ञापन राख्ने चलन पनि नयाँ होइन । तर, यात्रुको ध्यान खिच्ने नाममा सार्वजनिक यातायातमा प्राणघातक हतियारको तस्बिरसहितको विज्ञापन राखेको पाइएपछि त्यसले नयाँ प्रश्न जन्माएको छ ।
नेपाल न्यूज बैंकले काठमाडौंको एक सावर्जनिक बसको पछाडि टाँसीएको तस्बिरको फोटो खिचेको छ । उक्त तस्बिरमा सार्वजनिक यातायातको सवारीसाधनमा एके–४७ राइफलको तस्बिरसहितको विज्ञापन राखिएको देखिन्छ । विज्ञापनमा एके–४७ उल्लेख गरिएको छ । सार्वजनिक यातायातलाई हतियारको प्रचारको माध्यम बनाइनुले विज्ञापनको सीमा र नियमनमाथि प्रश्न उठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)