फिफा विश्वकप २०२६ : लिग चरणको अन्तिम खेलमा आफू अनुकूल नतिजा निकाल्न सक्ने डर
kendrabindu.com · Thu Jun 25 01:56:32 GMT 2026

काठमाडौं । अल्जेरियासामु विश्वकपमा अस्ट्रियासँग ४४ वर्ष पुरानो खेलको बदला लिन अवसर हुनेछ, जतिबेला यी दुई देश लिग चरणको आफ्नो समूहको अन्तिम खेलमा भिड्नेछन् । यो चरणको खेलमा एउटा डर रहनेछ, कतै टिमले आफूअनुकूल नतिजा निकाल्न खास नतिजाका लागि खेल्ने त होइन ? सन् १९८२ को विश्वकपमा पश्चिम जर्मनीले अस्ट्रियालाई १–० ले हराएको थियो । यो यस्तो नतिजा थियो, जसका कारण गोल अन्तरको आधारमा अल्जेरिया प्रतियोगिताबाट बाहिरिएको थियो ।
ती दुई देश भने अगाडि बढे । यो खेललाई अझै पनि ‘गिजोनको अपमान’ नामले सम्झिने गरिन्छ । यो खेलको नतिजालाई लिएर व्यापक विरोध पनि भएको थियो । यस्तोमा फिफाले एउटा ऐतिहासिक निर्णय गरेको थियो, लिग चरणको अन्तिम दुई खेल एकै समय गराउने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
फिफा
युरोकप