१ अर्ब ३४ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ
clickmandu.com · Thu Sep 17 04:06:37 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ बराबरको अवैध हुण्डी कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ।
सीआईबी र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले धनुषाको सहिद नगरपालिका वडा नम्बर ४ बाट अजयकुमार मुखियालाई पक्राउ गरेको हो । २४ वर्षीय मुखियालाई भदौ ३० गते साँझ ५:२० बजेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)