१९ दिन होटलमा बन्धक बनाएर बालिकामाथि जबरजस्ती करणीको आरोप, मुख्य प्रतिवादी कारागार चलान
kalakarmi.com · Thu Sep 17 04:20:31 GMT 2026

जनकपुर- धनुषामा एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य प्रतिवादी ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
धनुषा जिल्ला अदालतले भदौ २६ गते २३ वर्षीय राइनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनालाई २० लाख रुपैयाँमा मिलाउन दवाव दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् । धनुषा जिल्ला अदालतले सोमवार उनलाई धरौटीमा छाड्ने आदेश दिएपछि कवारीले धरौटी रकम बुझाएर छुटेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)