धनुषाकी ‘चाची’ भारतीय प्रहरीद्वारा सार्वजनिक, परिवारविरुद्ध भारतमा आधा दर्जन एफआरआई दर्ता
nepalpress.com · Thu Sep 17 06:49:00 GMT 2026

जनकपुरधाम । ‘चाची’ नामले परिचित धनुषाको विदेह नगरपालिका–दुहबीकी हीरादेवी महासेठलाई भारतीय प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी मुख्यालय, मधुबनी बिहारले उनलाई सार्वजनिक गरेको हो ।
सो मुख्यालयका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमारले ६७ वर्षीया ‘चाची’ लाई भारतको मधुबनीस्थित बासोपट्टी क्षेत्रबाट सशस्त्र सीमा बल (एसएसबी) र बिहार प्रहरीले संयुक्त रूपमा पक्राउ गरेको बताए । एसपी कुमारका अनुसार ४८औँ वाहिनी सशस्त्र सीमा बल जयनगरको समन्वयमा जानकीनगर र बिहार प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा मंगलबार राति करिब १२ः३० बजे उनलाई पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)