रास्वपा चुनाव : १३ सय ५२ जनाले हालेनन् भोट
nepalpress.com · Thu Jun 25 07:41:53 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावअन्तर्गत पहिलो चरणको मतदान सकिएको छ । कुल ४३११ प्रतिनिधिमध्ये २९५९ जनाले भोट हालेको विद्युतीय भोटिङ सेवाप्रदायक रामलक्ष्मण इनोभेसनका रामप्रसाद रिमालले जानकारी दिए । १३५२ जना मतदानमा अनुपस्थित रहे ।
महाधिवेशनको व्यवस्थापन अस्तव्यस्त हुनुका साथै निर्वाचन कार्यमा ढिलाइ हुँदा थुप्रै प्रतिनिधि घर फर्किएका कारण भोट हाल्नेको संख्या घटेको रास्वपाका एक नेता बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)