ब्राउनसुगरविरुद्ध प्रहरीको विशेष अपरेसन, सात जना पक्राउ
gorkhapatraonline.com · Thu Sep 17 07:29:31 GMT 2026

नेपालगञ्ज, असोज १ गते । लागुऔषध ओसारपसार र बिक्रि वितरण बिरुद्ध प्रहरीले कडाइ बढाउँदै प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनमा एकपछि अर्कोगरि ठुलो परिमाणमा लागुऔषध बरामद गर्दै गएको छ । सोही क्रममा नेपालगञ्जबाट प्रहरीले करिब ६४ ग्राम ब्राउनसुगर र तीन लाख भन्दा बढी नगद रकमसहित सो कारोबारमा संलग्न सातजनालाई दुई ठाउँबाट पक्राउ गर्न सफल भएको छ ।
बाँकेको नेपालगञ्जका दुई स्थानबाट प्रहरीले दुई छुट्टा छुट्टै कारोबारी समुहलाई ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)