कानुन निर्माता सांसदकै शैक्षिक प्रमाणपत्र नक्कली !
ekantipur.com · Fri Aug 11 00:28:56 GMT 2023
काठमाडौँ — प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) को शैक्षिक प्रमाणपत्र नै नक्कली भेटिएको भन्दै प्रहरीले कांग्रेस सांसद सुनील शर्मालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई बिहीबार काठमाडौंको गोल्फुटारबाट नियन्त्रणमा लिएको हो । उस्तै कसुरमा अरू चार जना पनि समातिएका छन् ।
काठमाडौं मेडिकल कलेज (सिनामंगल) र नोबेल मेडिकल कलेज (विराटनगर) का सञ्चालकसमेत रहेका शर्मा मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभामा सदस्य हुन् । प्रहरीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि भारतको बिहारस्थित फारबेसगन्ज (अररिया) को बीडीबीकेएस कलेजबाट आईएस्सी उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेका थिए । सीआईबी, मेडिकल काउन्सिल र राष्ट्रिय परीक्षा बोर्डको संयुक्त टोलीले २०७२ सालमा गरेको छानबिनमा उक्त प्रमाणपत्र नक्कली पाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)