गाईमाथि खुँडा प्रहार गरेको आरोपमा २ जना पक्राउ
rajdhanidaily.com · Thu Sep 17 09:09:18 GMT 2026

काठमाडौं । प्रहरीले कैलालीको लम्कीचुहामा गाईमाथि खुँडा गरेर घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ बस्ने १८ वर्षका दुई जना किशोर रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय लम्कीले उनीहरूलाई पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले जानकारी दिएका छन् । दुवै जनालाई गाई गोरु मार्न नहुने कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको उनले जानकारी दिए । तीन दिनअघि पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीको विद्युत् कार्यालयको पूर्वतर्फ खुँडा प्रहार गरेर घाइते बनाएको अवस्थामा एउटा गाई फेला परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)