उर्लिंदो नदीमा कुकुर फाल्ने महिला को थिइन् ? पहिचान गर्दै प्रहरी
onlinekhabar.com · Thu Sep 17 09:38:34 GMT 2026

काठमाडौं । उर्लिँदो सेती नदीमा एउटा अबोध कुकुरलाई जबरजस्ती धकेलेर फाल्ने महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि महिलालाई पक्राउ गर्न चौतर्फी आवाज उठेको थियो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
यद्यपि अझै ती महिला फेला नपरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दीपक विष्टले घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको र संलग्न व्यक्तिको खोजी सुरु गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)