लागुऔषधसहित दुई भारतीय महिला पक्राउ
annapurnapost.com · Thu Sep 17 10:37:35 GMT 2026

काठमाडौं : मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ परेका छन्। बिहीबार बिहान ११:३० बजे भारतबाट लागुऔषधसहित नेपालतर्फ पैदल आउँदै गरेका जोगवनी बस्ने २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुन पक्राउ परेका हुन्।
चेकजाँच गर्ने क्रममा जुली खातुनको साथबाट ९० ग्राम ८५० मिलिग्राम खैरो हेरोइन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)