काठमाडौं ५ का कांग्रेस उम्मेदवार पौडेललाई अभिनेत्री केकीको शुभकामना (भिडियो)
farakdhar.com · Thu Nov 17 16:22:23 GMT 2022
लोकप्रिय अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नं ५ मा सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका युवा नेता प्रदीप पौडेललाई विजयको शुभकामना दिएकी छिन् । केकीले बिहीबार एक भिडियो सन्देशमार्फत पौडेललाई शुभकामना दिएकी हुन् ।
पौडेललाई दाइ सम्बोधन गर्दै केकीले उनमा काठमाडौं क्षेत्र नं ५ले प्रदीप पौडेलजस्तो योग्य उम्मेदवार पाएको बताएकी छिन् । ‘दाइको सालीनता र सकारात्मक सोचको म सधैँ प्रशंसक हुँ । अझ हामीले नेतामा खोज्ने गुणहरु जस्तो युवाको ऊर्जा, राजनीतिक अनुभव, इमानदारी, र दूरदर्शिता यी सम्पूर्ण गुणहरु मैले प्रदीप दाइमा पाएको छु,’ केकीले भनेकी छिन्, ‘विगतका कठिन समयमा पनि दाइका उदाहरणीय कामहरु हामीले अनुभूत गरेकै छौँ । त्यसकारण पनि यसपटक प्रतिनिधिसभामा दाइको बलियो उपस्थिति रहोस् भन्ने कामना गर्दछुु । देश र जनताको हितमा दाइको कदम सदैव अगाडि बढोस्, दाइलाई विजयको अग्रीम शुभकामना !’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)