मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदीमा अपराधीलाई पक्राउ गर्दा हतकडी लगाउन प्रतिबन्ध

rajdhanidaily.com · Mon May 06 23:08:53 UTC 2024

काठमाडौं । साउदी अरेबियाले संदिग्ध व्यक्तिलाई हथकडी लगाउन प्रतिबन्ध लगाएको छ । साउदी अरेबियाले न्याय प्रणालीमा संशोधन गर्दै संदिग्ध व्यक्तिहरूलाई खतरनाक नदेखिएसम्म पक्राउ गर्दा हतकडी लगाउन नपाउने व्यवस्था गरेको हो ।

साउदी अखबार अल मदिनाहका अनुसार अभियुक्तलाई आफूलाई वा अरूका लागि खतरा भएको मानिने अवस्थामा बाहेक हतकडी लगाउन प्रतिबन्ध लगाउने प्रक्रियागत कानुनको कार्यकारी नियमहरूमा संशोधन गर्न सर्वोच्च एजेन्सीहरूद्वारा स्वीकृति दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)