बादल, प्रेम राई र राजेश बज्राचार्यको नाम लिए, आरजु र खाँणबारे मौन
onlinekhabar.com · Tue May 23 16:57:49 GMT 2023
९ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको आरोपमा पक्राउ परेकाहरुले तत्कालीन गृहसचिव प्रेमकुमार राई र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई मुछेको पाइएको छ । तर प्रहरी हिरासतमै रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका साथै उनकी पत्नी मञ्जु खाँण र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको नाम लिइएको अडियोको समेत इन्कारी बयान दिएका छन् ।
नक्कली शरणार्थी प्रकरणमा ५८औं दिन लामो अनुसन्धान सकेर प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी हिरासतमा रहेका १६ जनासहित ३३ जनालाई प्रतिवादी बनाइएको छ भने २७ करोड ८४ लाखबढी विगो दाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

भुटानी शरणार्थी प्रकरण