गृहमन्त्री वालेन्द्र शाहको पहिलो प्रहरी सरुवा
barnanmedia.com · Mon Jun 01 22:11:49 GMT 2026

हिरासतमा रहेका दीपक भट्ट र साहिल अग्रवाललाई आइप्याड प्रयोग गर्न दिएको र हिरासतमा नराखी प्रहरी कर्मचारीको कोठामा सुताएको आरोपमा अनुसन्धानमा तानिएका एसएसपी होविन्द्र बोगटीको सरुवा भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुख रहेका उनलाई प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षामा सरुवा गरिएको हो। बोगटी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट २०८२ असोजमा ललितपुरको प्रमुखमा सरुवा भएका थिए। प्रहरी कर्मचारीको नियमित सरुवा १२ महिनामा हुने गरेकोमा विवादमा आएपछि ८ महिनामै उनको सरुवा भएको हो। उनको ठाउँमा तुलबहादुर कार्की आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)