[अर्काइभ] भरत गुरुङका आफन्तको जग्गा फिर्ताको निर्णय गोप्य राख्न खोजेपछि...
ekantipur.com · Thu Feb 05 18:28:41 GMT 2026

काठमाडौँ — राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्रका अंगरक्षक भरत गुरुङ ४० को दशकमा निकै शक्तिशाली मानिन्थे । उनी तत्कालीन शाही नेपाली सेनाका प्रमुख सेनानी थिए । दरबारसँगको निकटतालाई उनले राजनीतिमा समेत प्रयोग गरेको आरोप लागेको थियो ।
उनीमाथि ज्यान मार्ने उद्योग, लागूऔषधको कारोबार, विदेशी मुद्राको अवैध कारोबार, हतियार खरखजाना, सुन तथा घडीको तस्करीमा संलग्न भएको आरोप लागेको थियो । सोही आरोपमा २०४४ सालमा उनलाई पक्राउ गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)