माननीय सरस्वती बजिमयलाई एकसाथ बधाई र आग्रह
hamrakura.com · Tue Dec 20 00:00:00 GMT 2022
गृहजिल्ला खोटाङ निवासी आदरणीय नेता सरस्वती बजिमय नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसदमा चयन हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु । लामो राजनैतिक अनुभव, लगानी, त्याग र सरलताको पर्यायका रूपमा रहनुभएको बजिमयलाई सांसद चयन गरेर नेपाली कांग्रेसले न्याय गरेको छ । साथै, कांग्रेस खोटाङलाई भएको अन्याय, विद्रोह र जिल्लाका नागरिकको आवाजलाई नेता बजिमयको संसदमा हुने उपस्थितिले सम्बोधन हुनेछ भन्ने बिश्वाससमेत लिएको छु ।
माननीयज्यू, तपाईं खोटाङका आम नागरिक आवाज र मन हो । तपाईं हामी र हाम्रो पुस्ताका साथै सबै नागरिकको प्रतिनिधि पात्र हुनुहुन्छ । त्यसैले तपाईंको निर्णय, कर्म र कदमलाई जिल्लाका सबै नागरिकहरुले यो बेला नियालिरहनु भएको छ । यो बेला हामी कांग्रेस संसदीय दलको नेता चयन गर्ने समयमा छौँ र त्यसको मैदानमा रेफ्रीको भूमिकामा तपाईंहरु हुनुहुन्छ । अब तपाईंले पुस्ता र जिल्लाका मतदाताको आवाजलाई न्याय गर्नुहुन्छ कि हुन्न प्रश्न त्यहाँनेर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)