वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ
hamrakura.com · Tue Jun 02 00:00:00 GMT 2026
वीरगञ्ज । लिखत सम्बन्धी कसूर र कीर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार भएका वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पक्राउ परेका छन् ।
फिल्मी शैलीमा गत जेठ १४ गते पर्सा अदालतमा झुल्किएर गायब भएका सिंहलाई पर्सा प्रहरीले आज बिहान गिरफ्तार गरेको हो । पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार ठोरी जंगल रिसोर्टबाट उनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)