स्पेनमा भूमिगत कन्टेनरबाट सात टन कोकेन जफत
barnanmedia.com · Mon Dec 30 23:15:52 GMT 2024

काठमाडौँ, १६ पुसः प्रस्पेनका अधिकारीहरूले सोमबार एउटा खेतमुनि स्थापित समुद्री मालवाहक कन्टेनरमा राखिएको सात टन कोकेन जफत गरेको र तीनजना सन्दिग्ध तस्करलाई पक्राउ गरिएको बताएका छन् ।
सिभिल गार्ड प्रहरीले गुआडालक्विभिर नदीको मुखमा दुईवटा संदिग्ध ‘स्पिडबोट’ फेला पारेपछि शुक्रबार अपरेशन सुरु गरेको बताएको छ । ती डुङ्गालाई सेभिल सहरको दक्षिणमा रहेको कोरिया डेल रियो नगरपालिकाको ग्रामीण एस्टेटमा ‘ट्र्याक’ गरिएको थियो । त्यहाँ संदिग्धहरूले भूमिगत लुकाइएका दुई कन्टेनरमा लागुऔषध भण्डार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)