विष सेवन गरेका ३ छात्रामध्ये १ को मृत्यु
rajdhanidaily.com · Tue Dec 31 23:37:32 GMT 2024

महोतरी । महोत्तरीको बर्दिवास–११ खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत एकै साथ विषसेवन गरेका ३ छात्रामध्ये १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिराहा धनगढी नगरपालिका–१० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको हो ।
शर्मालाई मङ्गलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास–४ स्थित जङ्गली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पु¥याएको थियो । अस्पतालका डा. रोशन अधिकारीले अस्पताल पु¥याउनु अघि उनको मृत्यु भइसकेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)