अभद्र व्यवहारसम्बन्धी मुद्दामा रास्वपा वडा सभापति पक्राउ
ratopati.com · Fri Sep 18 07:33:06 GMT 2026

पर्सा । वीरगन्ज महानगर पालिकाको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडासभपतिलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडासभापति प्रकाश साह पक्राउ परेका हुन ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्लले रातोपाटीलाई बताए । उनले वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा अर्का एकजनालाई हातपात गरेको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)