विराटनगरमा घरमा लुकाइएको ४१ बोरा तस्करीको सामान बरामद
nepalnews.com · Fri Sep 18 07:40:20 GMT 2026

विराटनगर। भारतबाट अवैध रूपमा भित्र्याएर घरमा लुकाएर राखिएको केराउ र चनाको दाल सशस्त्र प्रहरीले विराटनगर–१७, मटेर्वाबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानीको टोलीले शुक्रबार बिहान दुई वटा घरमा छापा मारेर १६ बोरा केराउ र २५ बोरा चनाको दाल गरी ४१ बोरा खाद्यान्न बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश शर्माको कमान्डमा खटिएको ३० जनाको टोलीले मटेर्वाका मो. मुन्ना मियाँको घरबाट ११ बोरा केराउ तथा अंगुरी खातुनको घरबाट २५ बोरा चनाको दाल र पाँच बोरा केराउ बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)