रास्वपा वीरगञ्जका वडा सभापति प्रकाश साह पक्राउ
kendrabindu.com · Fri Sep 18 07:42:01 GMT 2026

वीरगञ्ज । माछा कारोबारलाई लिएर उत्पन्न विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगरपालिका–२५ का वडा सभापति प्रकाश साह पक्राउ परेका छन्।
मनिष गुप्तासहितले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले साहलाई नियन्त्रणमा लिएको हो। उनलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)