७५ वर्षीय वृद्ध पक्राउ
annapurnapost.com · Fri Sep 18 08:03:00 GMT 2026

सिमरा : तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बारामा अर्की एक नाबालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराका ७५ वर्षीय हसन जान मियाँ रहेका छन् ।
पक्राउ परेका वृद्धले पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको परिवारको आरोप छ । घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट इनर्वासिराको प्रहरी टोलीले मियाँलाई उनकै घरबाट पक्राउ गरेको हो । मियाँ पक्राउ परेलगत्तै इनर्वासिरा प्रहरी चौकीमा केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो । मियाँलाई आफूहरूसमक्ष बुझाउन माग गर्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)