नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रहरीको प्रतिवेदन तयार : राज्यविरुद्धको अपराध र ठगीमा संलग्न ३२ विरुद्ध मुद्दा
newsofnepal.com · Sun May 21 23:51:15 GMT 2023
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । प्रहरीले पक्राउ परेका १६ जना र फरारको सूचीमा रहेका १६ जनालाई विपक्षी बनाएर राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध भएको निष्कर्ष निकाल्दै प्रतिवेदन तयार पारेको छ ।
यसैबीच प्रहरीले पक्राउ परेका व्यक्तिलाई तीन दिनको म्याद थप गरेर हिरासतमा लिएको छ । उक्त घटनाको अनुसन्धानशुरू गरेको आइतबार ५७ औं दिन पुगेको छ । प्रहरीले बुधबारसम्ममा मुद्दा अदालतमा बुझाउने तयारी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेरेकाले सरकारले उक्त प्रकरणलाई केही हदसम्म न्याय दिने आशा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)