श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन जना पक्राउ
gorkhapatraonline.com · Tue Jun 02 15:10:18 GMT 2026

जिल्लामा श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन जना पक्राउ परेका छन् । जैमिनी नगरपालिका–१० को हाँडिकोट भ्यु टावरमा काम गर्ने क्रममा श्रीमतीले दुई पुरुषसँग लिएर आफ्नै पतिको हत्या गरेकी हुन् ।
किटानी जाहेरीपछि ती महिलासहित दुई पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुई श्रीमती माथी ल्याएकी तेस्रो श्रीमती (कान्छी) ले तीन जनासँग मिलेर लमजुङ जिल्ला क्वहोलासोथार गाउँपालिका वडा ९ घर भई हाँडिकोस्थित भ्यु टावरमा काम गर्न आउनुभएका ६२ वर्षिय देउबहादुर सार्कीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)