बूढानीलकण्ठमा ‘ग्याङ्ग’ बनाएर कुटपिट गरेको आरोपमा चार जना पक्राउ
kendrabindu.com · Fri Sep 18 12:51:33 GMT 2026

काठमाडौं । बूढानीलकण्ठमा एक व्यक्तिमाथि समूह बनाएर कुटपिट गरी फरार भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
गत भदौ ३० गते राति करिब साढे ९ बजे बूढानीलकण्ठ नगरपालिका–२ गाम्चा पिपलबोटस्थित सडकमा अपरिचित व्यक्तिहरूको समूहले एक जनामाथि कुटपिट गरेको थियो। घटनामा घाइते भएका व्यक्तिले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)