छोरालाई गुपचुप विदेशबाट बोलाए, बुहारीका प्रेमीलाई घरमै बोलाएर हत्या गरे
onlinekhabar.com · Fri Sep 18 12:59:31 GMT 2026

२ असोज, जनकपुरधाम । गत २६ भदौमा महोत्तरी बलवा नगरपालिका-७ बनौटाका अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा एक युवकको शव टुक्राटुक्रा अवस्थामा फेला पर्यो । उक्त शव महोत्तरीकै भंगहा नगरपालिका-६ का २४ वर्षीय विवेक सरदारको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अशोकको परिवारले नै विवेकको हत्या गरी शव सेफ्टीट्यांकीमा लुकाएको खुलेको छ । विवेक र आफ्नी बुहारी सोनु ठाकुरबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि अशोकको परिवारले घरमै बोलाएर विवेकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)