बझाङको सेती नदीमा फालिएको कुकुर जीवितै फेला
clickmandu.com · Fri Sep 18 13:45:52 GMT 2026

बझाङ । बझाङको पानकोट पुलबाट सेती नदीमा फालिएको कुकुर जीवितै फेला परेको छ । नदीमा कुकुरलाई धकेलेर फालिएको अमानवीय भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीयवासी तथा पशुपन्छी अधिकारकर्मीहरूको खोजीका क्रममा उक्त कुकुर सकुशल भेटिएको हो ।
केही दिनअघि जयपृथ्वी नगरपालिकास्थित पानकोट पुलमा एक महिलाले जिउँदो कुकुरलाई जबरजस्ती सेती नदीको तीव्र बहावमा फालेको दृश्य सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा उक्त भिडियो बाहिरिएलगत्तै सर्वसाधारण तथा अधिकारकर्मीहरूले कडा आक्रोश पोख्दै कारबाहीको माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)