मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३० रुपैयाँ जरिवाना तोकिएका महिलासहित सप्तरीमा ३ फरार प्रतिवादी पक्राउ

rajdhanidaily.com · Sun Jan 05 23:26:47 GMT 2025

सप्तरी । सप्तरी प्रहरीले आइतवार एक महिला सहित तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुदामा फैसला भई कैद तथा जरिवाना भुक्तानी बाँकी रहेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये किर्ते जालसाजीका २ तथा जालसाजिका १ गरी तीन घटनामा सप्तरी जिल्ला अदालतद्धारा १०÷१० रुपैयाँ दरले ३० रुपैयाँ जरिवाना गरिएको सप्तरीको तिरहुत गाउँपालिका ३ की ४५ वर्षिया सयुक्ता देवी देव पनि रहेको प्रहरीले जनाएको छ । २०७३ असार १९ गते सप्तरी जिल्ला अदालतले देवलाई किर्ते जालसाजीका २ र जालसाजीका १ गरी तीन वटा घटनामा संलग्न रहेको आरोपमा उक्त जरिवाना ठहर हुने फैसला गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)