‘अब इजलास तपाईंहरु नै तोक्नुस्’ भनेर इजलासमा जब प्रधानन्यायाधीश कड्किए
nepallive.com · Sun May 30 17:30:00 GMT 2021
काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार प्रतिनिधि सभा विघटन सम्वन्धी रिट निवेदनमाथिको बहसका लागि पहिलो सुुनुवाई नहुँदै महान्यायाधिवक्ता रमेश वडाल इजलासमा पुगेका थिए। किनभने सरकारी पक्षले पनि पहिलो सुनुवाईमै ‘इन्टरभेन्सन’को निवेदन दिँदै सहभागिताका लागि निवेदन दिएको थियो। प्रतिनिधि सभा विघटन गरेकै दिनदेखि आफ्ना नीजि कानुन व्यवसायीको खोजीमा लागेका प्रधानमन्त्री केपी शर्मा ओलीका कानुनी सल्लाहकार भएकाले उनी नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई लिएर ११ वजे नै इजलास पुगिसकेका थिए।
साढे ११ बजे इजलासमा सुनुवाई सुरु भयो। प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेको विपक्षी गठवन्धनका तर्फवाट १४६ सांसदको प्रतिनिधित्व गर्र्दै बहस गर्न एमाले नेता भीम रावल, माओवादी केन्द्रका नेता देव गुरुङ, एमालेकै रामकुमार झाँक्री र नेपाली कांग्रेसकी नेतृ नेता पुष्पा भुसाल पनि इजलासमा पुगेका थिए। उनीहरु परिआए इजलासमा आफ्ना कुरा राख्ने मनसायसहित सर्वोच्च पुगेका थिए। तर, कानुन व्यवसायीले बहस सुरु गरेपछि उनीहरु पछाडि बसेर सुने।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)