जिप तोडफोड गर्नेविरुद्ध आपराधिक उपद्रव मुद्दा
ratopati.com · Thu Jan 09 17:28:00 GMT 2025

काभ्रे । दिक्तेलबाट काठमाडौँ जाँदै गरेको जिप तोडफोड गरेको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध प्रहरीले आज मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । बीपी राजमार्गअन्तर्गत दिक्तेल–काठमाडौँ सडकखण्डको भकुण्डेबेँसीस्थित पात्लेखेतमा बुधबार तुवाचुङ मारातिका यातायात प्रालिको ना१ज ६१७२ नम्बरको जिप तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आपराधिक उपद्रव कसुरअन्तगर्तको मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।
गाडी तोडफोड भएको घटनापछि सार्वजनिक भएको श्रव्यदृश्य तथा चालकले दिएको ठाडो उजुरीको आधारमा उनीहरुविरुद्ध आपराधिक उपद्रव कसुरअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)