कैलालीमा ३२ वर्षीया महिलामाथि जबर्जस्ती करणी, एक युवक पक्राउ
shilapatra.com · Sat Jul 18 11:08:00 GMT 2026

कैलालीमा ३२ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । करणी अभियाेगमा भजनी नगरपालिका–७ हिक्मतपुरका २८ वर्षीय सुनिल डगौरा पक्राउ परेका हुन् ।
महिलामाथि जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले शनिबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)