रुपन्देहीमा एक महिनामै ८३ फरार प्रतिवादी पक्राउ
clickmandu.com · Sat Sep 19 06:13:32 GMT 2026

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट कैद सजाय कार्यान्वयनसँगै १ करोड ३५ लाख ४० हजार ६ सय रुपैयाँ जरिवाना असुलउपर गरिएको छ। अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीलाई खोजी तथा पक्राउ गरी फैसला कार्यान्वयन गर्ने अभियानलाई प्रहरीले तीव्रता दिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)