रूपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड
bishowkhabar.com · Sat Sep 19 06:47:52 GMT 2026

रूपन्देही- जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले अदालती फैसला कार्यान्वयनलाई तीव्रता दिई फरार अवस्थमा रहेका प्रतिवादीलाई पक्राउ गरी कैद सजायँसहित उनीहरूबाट करिब रु एक करोड ३५ लाख जरिवाना असुलउपर गरेको, आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पक्रेर कानुन कार्यान्वयनमा सक्रय रहेको र ठगी तथा अपराधजन्य घटना न्यूनीकरण तथा रोकथामका पक्षमा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)