११ जना फरार प्रतिवादी पक्राउ, १८ वटा नयाँ मुद्दा दर्ता
gorkhapatraonline.com · Sat Sep 19 11:31:35 GMT 2026

शारदा (सल्यान), असोज ३ गते । एक महिनाको अवधिमा सल्यानमा ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । साथै अपराध अनुसन्धानको क्रममा चालु तथा पेन्डिङ मुद्दाका २६ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आर्थिक वर्ष २०८३/०८४ को भदौ महिनामा सम्पादन भएका कार्यको प्रगति विवरण सार्वजनिक गर्दै सल्यान प्रहरीले यस महिनामा जिल्लामा १८ वटा नयाँ मुद्दाहरू दर्ता भएको जनाएको छ । दर्ता भएका मुद्दाहरूमध्ये जघन्य तथा गम्भीर अपराधतर्फ ६ वटा, आर्थिक अपराधका एक, सामाजिक अपराधका दुई र अन्य नौ वटा मुद्दा रहेका छन् ।
प्रहरीले चालुतर्फ तीन वटा जघन्य, एक वटा गम्भीर र चार वटा सामान्य तथा पेन्डिङ मुद्दा मध्ये एक वटा जघन्य र एक वटा गम्भीर गरी दश वटा मुद्दा फर्छ्यौट गरेको छ । चालु तथा पेन्डिङ मुद्दामा पक्राउ परेका २६ जना, जघन्य अपराधतर्फ १२ जना, गम्भीर मुद्दाका १ जना र सामान्य मुद्दाका १३ जना छन् । यस्तै सवारी ज्यान मुद्दाका २ जना अभियुक्तहरू अझै फरार रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)