नेपालगन्जबाट साढे ३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
ratopati.com · Sat Sep 19 13:10:03 GMT 2026

बाँके । नेपालगन्जबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ बाट उनीहरूलाई ३५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)