कांग्रेसको निर्णय : प्रधानमन्त्रीको राजीनामा माग र आफ्नै नेतृत्वमा सरकार
nayapatrikadaily.com · Sat Apr 03 00:33:00 GMT 2021
संसद् पुनर्स्थापनाको झन्डै डेढ महिनापछि कांग्रेसको निर्णय
संसद्पुनर्स्थापनाको झन्डै डेढ महिनापछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय लिएको छ । प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै ५ पुसमा गरेको संसद् विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले ११ फागुनमा उल्टाइदिएपछि नयाँ सत्तासमीकरणको बहस सुरु भएको थियो । तर, अदालतको निर्णयको डेढ महिना तथा संसद् बैठक सुरु भएको एक महिनापछि कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमितिबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)