प्रधानन्यायाधीश जबराले ‘सेयर’ गरे ‘ग्रेसफुल एक्जिट’ मार्गचित्र
ekantipur.com · Tue Nov 02 01:12:44 GMT 2021
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले चाहेको ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को मार्गचित्र सर्वोच्च अदालतका तीन जना न्यायाधीशसँग ‘सेयर’ गरेका छन् । प्रधानन्यायाधीश जबराले ‘ग्रेसफुल एक्जिट’को प्रस्ताव पठाएपछि त्यसबारे छलफल गर्न तोकिएका तीन जना न्यायाधीशसँग उनले आफ्नो योजना बताएका हुन् ।
सोमबार साँझ ६ बजे न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार गएका थिए । उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । छलफलमा सहभागी न्यायाधीशहरूले जबराको योजनाबारे सबैभन्दा पहिले मंगलबार बिहान सर्वोच्चका बाँकी न्यायाधीशलाई जानकारी गराउने भन्दै ‘प्रेस’ लाई बताउन अस्वीकार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)