कृषि उत्पादन प्रवद्र्धन गर्न ‘फार्म टु प्लेट’ अवधारणा : राष्ट्रपति पौडेल
nayapatrikadaily.com · Wed Jan 17 00:16:00 GMT 2024
राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि उत्पादन सीधै तारे होटेलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन् । होटेल संघ नेपाल (हान)ले मंगलबार आयोजना गरेको ‘नेपाल सत्कार दिवस, २०२४’ लाई सम्बोधन गर्दै उनले देशको मौलिक रैथाने खाना र संस्कृतिलाई विश्वमाझ प्रवद्र्धन गर्नुपर्ने बताए ।
‘व्यवसायी आफैँले कृषि फार्म स्थापना गरेर होटेललाई चाहिने खाद्यान्न उत्पादन गर्न सक्छन् अथवा किसानसँग सम्झौता गरेर ‘फार्म टु प्लेट’को अवधारणा पनि अघि बढाउन सकिन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘आफ्नै देशमा उत्पादित खाद्यान्न प्रवद्र्धनमा होटेल व्यवसायी लाग्नुपर्छ ।’ होटेल तथा रिसोर्टको विस्तारसँगै देशमा नयाँ गन्तव्यको विकास भएको बताउँदै उनले देशको पर्यटनलाई सफल तुल्याउन पूर्वाधार निर्माणका काम भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)