मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चेक अनादर मुद्दामा मलेसियाबाट तारिख धाउँदै राजदूत पौडेल

ekantipur.com · Mon Sep 11 00:57:58 GMT 2023

काठमाडौँ — मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल फौजदारी कसुरसँग सम्बन्धित तीन करोड रुपैयाँको चेक अनादार मुद्दामा विगत चार वर्षदेखि अदालत धाइरहेको खुलेको छ । उनलाई अर्घाखाँचीका गोपाल खनालले २०७६ मंसिर १२ मा काठमाडौं जिल्ला अदालतमा चेक अनादार र २०७७ असोज १९ मा करारीय दायित्व पालनासम्बन्धी दुई मुद्दा हालेका हुन् ।

मुद्दा परेपछि राजदूत पौडेल पेसीका लागि मलेसियाबाट काठमाडौं धाइराखेका छन् । पछिल्लो पटक भदौ १७ मा पेसी थियो । चेक अनादरसम्बन्धी मुद्दामा ११ पटक र करारीय दायित्व पालनासम्बन्धी मुद्दामा १४ पटक पेसी चढिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)